काठमाडौँ । चांगान नेपालले बहुप्रतिक्षित दिपल एल ०७ प्रिमियम ईभी सेडानलाई नाडा अटो शोमा सार्वजनिक गर्ने भएको छ । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले यो वर्षको नाडा अटो शो २०२४ मा दिपल एल०७ इलेक्ट्रिक सेडान सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
लोभलाग्दो सफलता हासिल गरेको दिपल एस०७ प्रिमियम ईभीपछि चांगान नेपालले बहुप्रतिक्षित दिपल एल०७ प्रिमियम ईभी सेडानलाई सार्वजनिक गर्न लागेको हो । यो नयाँ एल०७ मा वेलकम सिट, एआर एचयुडी, जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन जस्ता इनोभेटिभ फिचरहरू रहेका छन् । यसका साथै यो गाडीले ५४० किलोमिटरको आकर्षक रेन्ज पनि दिने कम्पनीले जनाएको छ ।
१६२ वर्ष लामो विरासत बोकेको ग्लोबल अटोमोटिभ लिडर चांगान बृहत् अनुभव र नवीनतम् प्रविधिप्रति सदैव प्रतिबद्ध रहेको जनाइएको छ । यसमा चिनियाँ टेक्नोलोजी जायन्ट हुवावेको प्रविधि प्रयोग भएको बताइएको छ ।
एमएडब्लु वृद्धिले दिपल एल०७ बाहेक अर्को नयाँ ईभी मोडल समेत प्रदर्शन गर्ने संकेत दिएको छ । दिपल एल०७ ले एस०७ले स्थापित गरेको ड्राइभिङ अनुभवको मापदण्डलाई अझै माथि पुगाउने विश्वास चांगानले लिएको छ । चांगान नेपालले यो इलेक्ट्रिक सेडानले दर्शकको ध्यान तान्ने अपेक्षा गरेको छ । एमएडब्लू वृद्धि अटोकर्पले एल०७ बाहेक सार्वजनिक गर्ने तयारी गरेको नयाँ ईभीबारे कुनै जानकारी बाहिर ल्याएको छैन ।
प्रतिक्रिया