दशैंलाई लक्षित गर्दै होण्डाले ल्यायो आकर्षक उपहार योजना, कार किन्दा ५ लाखसम्म छुट

दशैंलाई लक्षित गर्दै होण्डाले ल्यायो आकर्षक उपहार योजना, कार किन्दा ५ लाखसम्म छुट

केन्द्रबिन्दु
24
Shares

होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालीहरुको महान् पर्व दशैंलाई लक्षित गर्दै आकर्षक उपहार योजना सार्वजनिक गरेको छ ।

‘होण्डा कार दशैं उपहार, अफरमाथि अफर’ नामक यस आकर्षक उपहारअन्तर्गत ग्राहकले होण्डा कारको खरिदमा ५ लाखसम्मको नगद छुट र २ वर्षका लागि गाडीको इन्स्युरेन्स तथा ट्याक्स निशुल्क पाउनेछन् ।

साथै, पाँच वर्षसम्म गाडीको सर्भिसिङ सुबिधा पनि निशुल्क पाइने छ ।

ग्राहकलाई सरल फाइनान्सको सुबिधा दिनका लागि कम्पनीले आकर्षक ब्याजदर र २० प्रतिशत डाउनपेमेन्टमै गाडी खरिद गर्न सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । यसका साथै निशुल्क एसेसोरिज र स्पट एक्सचेन्जको पनि सुबिधा उपलब्ध गराएको छ ।

Logo