प्रतितोला ७ सयले घट्यो सुन, कति छ आज ?

प्रतितोला ७ सयले घट्यो सुन, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन ७ सय रुपैयाँले घटेको हो । मंगलबार १ हजार ५ सयले बढेर प्रतितोला ९४ हजार १०० मा कारोबार भएको सुन आज ९३ हजार ४०० मा कारोबार भइरहेको छ । सुन आइतबार २ सयले घटेको थियो भने सोमबार १ सयले घटेको थियो ।

गत हप्ताको पहिलो दिन आइतबार सुन ६ सयले घटेको थियो । सोमबार ७ सयले घटेको सुन मंगलबार ५ सयले बढेको थियो । बुधबार पनि ५ सयले बढेको थियो । विहिबार १ हजार ६ सयले बढेको सुन शुक्रबार ३ सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९३ हजार ४०० सय र तेजाबी सुनको मूल्य ९२ हजार ९५० कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि केही घटेको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले घट्दै १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo