इजरायलमा ‘केयर गिभर’ कामदार लैजाने तयारी

इजरायलमा ‘केयर गिभर’ कामदार लैजाने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

इजरायलले आगामी महिनादेखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया शुरु गर्ने भएको छ ।

नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिनादेखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया शुरु गर्ने बताएका हुन् । मंगलबार कुराकानी गर्दै राजदूत गोडरले यस्तो बताएका हुन् । नेपालबाट इजरायलको नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लगायतमा नेपाली केयर गिभर लैजाने सम्बन्धमा गत असोजमा सम्झौता भइसकेको छ ।

सम्झौतापत्रमा असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता भएको थियो । सोही सम्झौतालाई कार्यान्वयन गर्दै आगामी महिनादेखि कामदार छनोटको प्रक्रिया शुरु गरिने राजदूत गोडरले बताए।

सम्झौता कार्यान्वयनमा आएपछि नेपालबाट धेरै संख्यामा कामदारहरु जान सक्ने पनि राजदूत गोडरले बताए। सम्झौता अनुसार सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जानेछन् । यस्तै नेपली श्रमिकले इजरायली नागरिक सरहको सेवा सुविधा र संरक्षण समेत पाउनेछन् ।

Skip This
Skip This
Logo