बेनेली बाइकको ‘चढौँ बेनेली, बाँडौँ खुसी’ अफर सार्वजनिक, यस्तो छ विशेष छुट सुविधा

बेनेली बाइकको ‘चढौँ बेनेली, बाँडौँ खुसी’ अफर सार्वजनिक, यस्तो छ विशेष छुट सुविधा

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । नेपालका लागि बेनेली बाइकको आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले ‘चढौँ बेनेली, बाँडौँ खुसी’ सार्वजनिक गरेको छ ।

बडादशैँ तथा शुभ दिपावली २०८१ को विशेष अवसरमा परिवारसँग खुसी बाँड्नका लागि यो अफर सार्वजनिक गरिएको हो ।

कम्पनीका सेल्स तथा मार्केटिङ म्यानेजर नवराज घिमिरेका अनुसार यस योजनामा ग्राहकहरूले बेनेली बाइकको खरिदमा १ लाख रुपैयाँ सम्मको छुट पाउन सक्नेछन् । यस अफरमा १२५ सीसीको बेनेली स्कुटर २ लाख ५० हजार रुपैयाँमा उपलब्ध हुनेछ भने बेनेली १८०एस ३ लाख ३० हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

यसका साथै ग्राहकहरूले १२ हजार मूल्य पर्ने बेनेली ब्रान्डको हेलमेट निःशुल्क पाउनेछन् । सम्पूर्ण बीमा तथा आर्थिक वर्षको कर पनि कम्पनीले निःशुल्क रूपमा बेहोर्नेछ । साथै, पुरानो बाइक एक्सचेन्ज गर्दा अतिरिक्त ३० हजार रुपैयाँको मूल्यांकन गरिनेछ ।

बेनेली बाइकसँगै केटीएम इन्टरनेसनलले सुनरा इलेक्ट्रिक सवारी साधनहरू पनि बिक्री गर्दै आइरहेको छ ।

Logo