काठमाडौँ । सीजी मोटर्सको आधिकारिक वितरक फ्युचर मोटर्सले फ्यूचर ईभी कार्निभल सुरु गरेको छ ।
आगामी शनिबारसम्म चल्ने कार्निभल भक्तपुरको राधेराधेस्थित हेरिटेज पार्टी प्यालेसमा भइरहेको छ ।
बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने सो कार्निभलमा रिड्डारा, नेटा, जीएसी, किङलङ र सीजी केवाईसीका सवारी साधनहरू प्रदर्शनमा राखिएका छन् । ग्राहकहरूले प्रदर्शित विभिन्न सवारी साधनलाई टच एन्ड फिल गर्न पाउनेछन् । साथै, कार्निभलमा मनोरञ्जनात्मक आकर्षणका रूपमा विभिन्न खेल, लाइभ प्रदर्शन र खाना र पेय पदार्थका स्टलहरू समावेश गरिएको छ ।
प्रदर्शनीमा राखिएका सवारीसाधन खरिद गर्ने इच्छुक ग्राहकहरूका लागि अन द स्पट फाइनान्सिङ, एक्सचेन्ज अफर, विशेष डिस्काउन्ट र अन द स्पट भ्यालुएसनको सुविधाहरू प्रदान गरिएको कम्पनीको भनाइ छ ।
सीजी मोटर्सले अवतार, रिड्डारा, नेटा, जीएसी, किङलङ, सीजी केवाईसी, दायुन र स्मार्ट गरी ८ वटा विभिन्न ब्राण्डका विद्युतीय सवारीसाधनहरू बिक्रीवितरण गर्दै आइरहेको छ । नेपाली बजारमा विद्युतीय सवारीसाधनको बढ्दो माग र ग्राहकहरूको अपेक्षालाई मध्यनजर गर्दै कम्पनीले यी विद्युतीय गाडीहरूको बिक्री गरिरहेको छ ।





























प्रतिक्रिया