काठमाडौँ । युट्युबमा २ करोड ५० लाखभन्दा बढी सब्सक्राइबरहरू रहेका ध्रुव राठी लोकप्रिय युट्युबर हुन् । जर्मनीमा बस्दै आएका राठीसँग महँगा–महँगा कारको कलेक्सन रहेको छ ।
रिपोर्टका अनुसार ध्रुव राठीसँग लगभग १० लाख डलरको सम्पत्ति रहेको बताइएको छ ।
ध्रुवसँग करोडौँ मूल्य पर्ने लक्जरी कारहरूको कलेक्सन छ । जसमा रेन्ज रोभर एसयूभीदेखि मर्सिडीज बेन्ज जीएलसी क्लाससम्म समावेश छन् । भारतमा रेन्ज रोभरलाई करिब २ करोड ७५ लाख भारु पर्छ भने मर्सिडीज बेन्ज जीएलसी क्लासको मूल्य ८७ लाख ८० हजार भारुबाट सुरु हुन्छ ।
उनको कार कलेक्सनमा ८४ लाख ३५ हजार भारु पर्ने बीएमडब्ल्यू ५ सिरिज पनि छ । उनको ग्यारेजमा ४४ हजार १३० यूएस डलर मूल्य पर्ने टेस्ला मोडल ३ इलेक्ट्रिक कार पनि समावेश छ ।





























प्रतिक्रिया