निगम र ग्यास उद्योगीबीच तीनबुँदे समझदारी

निगम र ग्यास उद्योगीबीच तीनबुँदे समझदारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण सञ्चालन हुने भएको छ ।

नेपाल आयल निगम र आन्दोलनरत नेपाल एलपी ग्यास उद्योग सङ्घबीच मंगलबार भएको समझदारी अनुसार ग्यास उद्यमी/व्यवसायीले हिजैका मितिदेखि आन्दोलनका सबै कार्यक्रम स्थगन गरी निगमबाट एलपी ग्यासका पिडिओ खरीद गरी एलपी ग्यासको बिक्री वितरण सञ्चालन गर्ने भएको हो ।

सङ्घको मागका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा मंगलबार निगम र सङ्घका पदाधिकारीबीच छलफल भई तीनबुँदे समझदारी भएको छ । उद्योगी–व्यवसायीका मागका सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्ने सम्झौतामा उल्लेख छ ।

त्यस्तै आपूर्ति मन्त्रालयले एलपिजी लगायत पेट्रोलियम पदार्थको व्यवस्थापन तथा समग्र सुधारको मार्गचित्र तय गर्न एक उच्चस्तरीय समिति गठन गर्ने समझदारी बनेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र सङ्घका अध्यक्ष गोकुल भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

Logo