नेपालको पहिलो अफरोडर एसयूभी जेको जे६ लाइभमार्फत सार्वजनिक, यस्ता छन् विशेषता

नेपालको पहिलो अफरोडर एसयूभी जेको जे६ लाइभमार्फत सार्वजनिक, यस्ता छन् विशेषता

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपालमा ओमोडा तथा जेको ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले अफरोडर एसयूभी जेको जे६ सार्वजनिक गरेको छ । कम्पनीले अनलाइन लाइभ प्रसारणमार्फत नेपालको पहिलो अफरोडर उक्त एसयूभी सार्वजनिक गरेको हो ।

हालसालै धुलिखेलस्थित डर्ट टेम्पल अफरोड ट्र्याकमा सम्पन्न भएको ड्राइभिङ च्यालेन्जमा पनि जेको जेसिक्सले आफूलाई एक उत्कृष्ट अफरोडर इलेक्ट्रिक एसयूभीको रूपमा स्थापित र प्रमाणित गरेको छ । यसको २०० एमएमको पर्याप्त ग्राउन्ड क्लियरेन्सले अफरोडमा उत्कृष्ट प्रदर्शन गर्छ र चालकलाई बलियो आत्मविश्वास र सुरक्षाको अनुभूति दिलाउने कम्पनीको दाबी छ ।

यस एसयूभीको शक्तिशाली इलेक्ट्रिक इन्जिनले मात्र ६ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको एक्सेलेरेसन दिन्छ । जेसिक्समा रहेको २७१६ मिलिमिटरको ह्विलबेसले कठिन भूभागहरूमा, टाइट टर्निङका लागि उपयुक्त हुने टर्निङ रेडियस प्रदान गर्दछ । एक्स्ट्रिम यु–टर्न गर्ने बेलामा गाडीको ‘अल–टरेन् मोड’ एक्टिभेट हुन्छ जसद्वारा टर्निङ रेडियस ५.७ मिटरबाट ४.५ मिटरमा घट्छ ।

यसको वायर हार्नेस कनेक्टर ‘आईपी ६७’ रेटिङमा प्रमाणित रहेको छ भने ब्याट्री ‘आइपीएक्स एट’ र ‘आइपिएक्स नाइन’ को रेटिङ प्रमाणित रहेको छ । जसले गर्दा ६०० मिलिमिटरको अधिकतम वाटर–वेडिङ डेप्थ प्रदान गर्ने कम्पनीको भनाई छ ।

Logo