काठमाडौँ । सीजी मोटर्सले ल्यायो ‘नेटा अनबिटेवल डिल्स, नेटा दशैँ अफर’, के छ विशेष ? मोटर्सले यस वर्षको दशैँमा ग्राहकहरूलाई लक्षित गर्दै नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार्वजनिक गरेको छ। विद्युतीय गाडी किन्न चाहनेहरूका लागि यो अफर निकै फाइदाजनक हुने कम्पनीको दाबी छ ।
यस अफरअन्तर्गत नेटा भी किन्दा ग्राहकहरूले ५० हजार रुपैयाँसम्मको निश्चित नगद छुट पाउनेछन्, जसले गाडीको मूल्यमा ठूलो छूट ल्याउनेछ ।
साथै, आफ्नो पुरानो गाडी साटेर नयाँ नेटा भी किन्न चाहनेहरूका लागि थप ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनसको सुविधा पनि दिइएको छ । यति मात्र होइन, नेटा भी खरिद गर्ने हरेक ग्राहकले जोडीका लागि बाली जाने निःशुल्क यात्रा पनि उपहारमा पाउनेछन् । यस अफरले गाडी खरिदको आनन्दलाई झनै रमाइलो बनाउनेछ।
साथै नेटा एक्स खरिद गर्दा एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सकिने कम्पनीले जनाएको छ । नेटा भी विद्युतीय गाडी खोज्नेहरूका लागि राम्रो विकल्प हो । यसमा रहेको ४०.७ किलोवाट क्षमताको ब्याट्रीले पर्याप्त ऊर्जा प्रदान गर्दछ । ५० किलोवाट मोटरले गाडीको कार्यक्षमता सुधार गर्दछ । १२० एनएम टर्कले गतिशील ड्राइभिङ अनुभवलाई थप उत्कृष्ट बनाउँछ, जसले गाडीको गति र नियन्त्रणलाई सुधार गर्छ ।
नेटा भीले २० मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्मको छिटो चार्ज सुविधा दिन्छ । यसमा एकपटक चार्जमा ३८० किमि टाढासम्मको यात्रा गर्न सक्ने क्षमता छ । यसमा रहेका सीएटीयलका लिथियम आइरन फस्फेट ब्याट्रीहरूको वारेन्टी ८ वर्ष वा १ लाख ५० हजार किमिसम्म छ ।
नेटा एक्स एकपटक चार्ज गर्दा ५०० किमिसम्म चल्न सक्छ । यसमा १८५ एम एम ग्राउन्ड क्लियरेन्स छ, जसले ड्राइभरलाई सुरक्षाको महसुस गराउँछ । सीएटीयलका अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूमा आधारित नेटा एक्सले पनि ८ वर्ष वा १ लाख ५० हजार किमिको वारेन्टीसँगै विश्वसनीयता र दीर्घकालिकता सुनिश्चित गर्दछ । यी विशेषताहरू नेटा एक्सलाई बहुपरकारी र इको–फ्रेन्ड्ली एसयूभी खोज्नेहरूका लागि आकर्षक विकल्प बनाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया