काठमाडौं । सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्था तथा सिप्रदी अटोपार्टस् प्रालिले बाढीपीडित मेकानिक्सहरुलाई दैनिक उपभोग्य सामग्रीहरु तथा खाद्यान्न सहयोग प्रदान गरेको छ ।
हालै मात्र निरन्तरको वर्षाको कारणले उपत्यकाको खोला किनारमा ज्याला मजदुरी गर्दै आइरहेका बाढीपीडित मेकानिक्सहरुलाई कम्पनीले सहयोग गरेको हो ।
सिप्रदीयन सहायता संस्थाका प्रतिनिधिहरु र सिप्रदी अटोपार्टस् प्रालिका प्रतिनिधिहरुको उपस्थितिमा २६ घरधुरीलाई सिरक, डस्ना र सिरानि एक एक वटा, १ बोरा चामल, ३ किलो दाल, १ लिटर तेल तथा अन्य खाद्य तथा घरायरी सामाग्रीहरु राहत स्वरुप वितरण गरिएको थियो ।
यसैगरी मनसुनी वर्षाका कारण आएको बाढीले नेपालका विभिन्न भू–भागमा बसोबास गरिरहेका व्यक्तिहरुको जनजीवन प्रभावित भएको छ भने कैयौँ घरबारबिहीन भएका छन् । सिप्रदियन सहायता संस्थाले त्यस्ता प्रभावित क्षेत्रहरुमा विभिन्न किसिमका अत्यावश्यक वस्तुहरु राहत स्वरुप वितरण गर्दैै आइरहेको छ ।
प्रतिक्रिया