१२५ सीसी सेगमेन्टमा एक्सेसको फेसलिफ्ट ल्याउँदै सुजुकी, डिजाइनमा धेरै ठूलो परिवर्तन हुने अपेक्षा

१२५ सीसी सेगमेन्टमा एक्सेसको फेसलिफ्ट ल्याउँदै सुजुकी, डिजाइनमा धेरै ठूलो परिवर्तन हुने अपेक्षा

केन्द्रबिन्दु
224
Shares

काठमाडौँ । सुजुकीले हाल परीक्षणका क्रममा रहेको १२५ सीसी सेगमेन्टमा सुजुकी एक्सेस १२५ को फेसलिफ्ट संस्करण लन्च गर्ने तयारी गरिरहेको छ ।

पुरै ढाकिएको अवस्थामा सार्वजनिक तस्बिरअनुसार यसको डिजाइनमा धेरै ठूलो परिवर्तन हुने अपेक्षा गरिएको छ । जसका कारण सो स्कुटर पूर्ण रूपमा नयाँ लुक हुन सक्ने अनुमान गरिएको छ ।

स्कुटरको डिजाइन र फिचरमा ठूलो परिवर्तन गरिए पनि इन्जिनमा भने कुनै परिवर्तन नहुने अनुमान गरिएको छ । हालको संस्करण जस्तै फेसलिफ्टमा पनि १२५ सीसी सिंगल सिलिन्डर इन्जिन उपलब्ध हुनेछ । तर फेसलिफ्ट संस्करणको इन्जिनलाई थप परिष्कृत गर्नको लागि राम्रोसँग ट्युन गरिएको छ र टर्क बढाइनेछ।

स्कुटर लन्च गर्ने बारे कम्पनीले अहिलेसम्म कुनै जानकारी दिएको छैन । तर सन् २०२५ को जनवरीमा हुने भारत मोबिलिटीमा यसलाई प्रस्तुत गर्न सकिने अपेक्षा गरिएको छ ।

Logo