काठमाडौँ । दिपकराज गिरी, दिपाश्री निरौला तथा केदार घिमिरे (माग्ने बुढा) लगायतका कलाकार अभिनित चलचित्र छक्का पञ्ना ५ आगामी असोज २४ अर्थात् फूलपातीको दिनदेखि प्रदर्शनमा आउँदै छ ।
फिल्मले हालै ट्रेलर सार्वजनिक गरेको छ । उक्त ट्रेलरमा टाटा टियागो र पन्च ईभी देखिएको छ । उक्त ट्रेलरमा नायिका वर्षा शिवाकोटी र नायक दिपकराज गिरी लगायत यो गाडीमा सवार भएको देखिन्छ । यस अनुसार चलचित्रका धेरै दृश्यमा गाडी देख्न पाइने अनुमान यसबाट सहजै गर्न सकिन्छ ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो डट ईभी चलचित्रको प्रायोजक रहेको पुष्टि गरेको छ । त्यसै अनुसार चलचित्रका धेरै दृश्यमा टियागो ईभी देख्न सकिन्छ । यद्यपि चलचित्रमा टाटा पन्च ईभी समेत देख्न सकिने छ ।
३० लाख भन्दा कम मूल्यमै राम्रो ईभी किन्न चाहनेहरुका लागि टाटा टियागो ईभी निकै नै उपयुक्त छ । यसमा २४ किलोवाट आवरको ब्याट्री र ४९ किलोवाटको मोटर छ । यसले सिंगल चार्जमा ३१५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
अत्याधुनिक जिपट्रोन प्रविधियुक्त टियागो ईभीका पाँच वटा प्रमुख बिशेषताहरु कार्य कुशलता, प्रविधि, विश्वसनियता, चार्जिङ र आरामदायिता रहेका छन् । अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरु यसमा रहेका छन्।
नेपाली बजारमा हाल टाटा टियागो ईभी एक्सटी, एक्सजेड प्लस र एक्सजेड प्लस टेक लक्स गरी तीन भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः २७ लाख ४९ हजार, २८ लाख ९९ हजार र २९ लाख ९९ हजार रुपैयाँ छ ।
टाटा पन्च ईभीको शुरुवाती मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । पन्च ईभीको सो सुरुवाती भेरिएन्टमा यो भन्दा दुइ सेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो–एप्पल कार प्लेको आनन्द लिन सकिन्छ ।
पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ भने यो गाडी बीएनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको गाडी हो ।





























प्रतिक्रिया