शिवम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपिओमा माग भन्दा बढी आवेदन परेको छ।
कम्पनीले सर्वसाधारणका लागि ४१ लाख २० हजार कित्ताका लागि आवेदन माग गरेकोमा सोमबार साँझसम्ममा सर्वसाधारणतर्फ ४६ हजार ४६ जना आवेदकबाट ४६ लाख ८८ हजार १२० कित्ताका लागि आवेदन परेको छ । त्यस्तै स्थानीय तर्फ ७ सय ८५ जनाले ३ लाख ६८ हजार ५८० कित्ताका लागि आवेदन दिएको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
आज फागुन १४ गते अन्तिम दिन रहेको छ । कुल ४४ लाख कित्ता मध्ये कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषलाई समान २ लाख २० हजार कित्ता छुट्याएको छ । स्थानीय तर्फको शेयरको लागि पुरै माग आई नसकेकोले ति शेयर पनि सर्वसाधारणलाई बिक्रि गरिने क्यापिटलले जनाएको छ ।
कम्पनीले सर्वसाधारणलाई १ सय रुपियाँ अंकित मूल्यमा २०० प्रिमियम थप गरी प्रति कित्ता ३ सय रुपियाँमा शेयर निष्काशन गरेको हो । कम्पनीले यस अघि सर्वसाधारणलाई ४ सय र स्थानीयलाई ३ सयमा शेयर जारी गर्नको लागि नेपाल धितोबोर्डबाट स्वीकृति लिएको थियो ।
कम्पनीले स्थानीयहरुलाई यस अघि नै प्रति कित्ता ३०० सयमा शेयर निष्काशन गरी बाँडफांड समेत गरिसकेको छ । यस अघि शेयर भरेका स्थानीयलाई निशुल्क थप शेयर उपलब्ध गराईने कम्पनीले जनाएको छ । यस अघि शेयर खरिद गरेका स्थानीयलाई कुल १ लाख १ सय २० कित्ता थप शेयर निशुल्क उपलब्ध गराईने कम्पनीले जनाएको छ ।
यो पनि































प्रतिक्रिया