मोदीको चुनावी ‘स्टन्ट’, धोए सफा गर्ने कर्मचारीका खुट्टा

मोदीको चुनावी ‘स्टन्ट’, धोए सफा गर्ने कर्मचारीका खुट्टा


प्रयागराज

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुम्भमा सहभागी सरसफाइकर्मीका गोडा धुँदै सम्मान प्रकट गरेका छन् । मोदीले कुम्भको विशाल क्षेत्रमा स्वपच्छता कायम गरी उदाहरणीय काम गरेको भन्दै प्रशंसा पनि गरेका छन् ।

मोदी कुम्भ स्नानका गर्न प्रयागराज आइपुगेका छन् । उनले त्यहाँस्थित संगमघाटमा पूजाअर्चना पनि गरेका छन् । उनले ट्विट गर्दै लेखेका छन्, ‘कुम्भमा स्‍नान गर्ने सौभाग्‍य मिल्यो । १ अर्ब ३० करोड भारतीयको कल्‍याणका लागि प्रार्थना गरेँ ।’

यसै क्रममा उनले कुम्भमा सरसफाइ गर्दै आएका व्यक्तिसँग भेट गरी गोडा धोएका हुन् । मोदीले उनीहरूलाई कपडा पनि लगाइदिए।

प्रयागराजमा चलिरहेको कुम्भमा २५ करोड व्यक्तिले स्नान गरेका छन् । कुम्भमा उत्कृष्ट सरसफाइ गरेको भन्दै उनीहरूप्रति सम्मान व्यक्त गरेका हुन्। संगमघाटलाई निकै पवित्र मानिन्छ । कुम्भ स्नान गरेमा पाममुक्त हुने हिन्दु धर्मावलम्बीको विश्वास छ। माघे संक्रान्तिदेखि शुरु भएको उक्त कुम्भमेला शिवरात्रिमा समापन हुनेछ । एजेन्सी 

 

Logo