काठमाडौँ । बैंकहरूले कार्तिक महिनाको ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २० मध्ये १० बैंकहरूले ब्याजदर घटाएका हुन् ।
बाँकी १० वटा बैंकले चाहिँ असोजको ब्याजदरलाई नै निरन्तरता दिएका छन् । कुनै पनि बैंकले कार्तिकका लागि ब्याजदर बढाएका छैनन् ।
कृषि विकास बैंकले बचत खाता र संस्थागत मुद्दती खाताको ब्याजदरलाई स्थिर राखेको छ भने व्यक्तिगत मुद्दती खाताको ब्याजलाई ०.०६५ प्रतिशतले घटाएको छ । यता नबिल बैंकले ब्याजदरलाई स्थिर राखेको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले पनि मुद्दती खाताको ब्याजदर स्थिर राखेको छ । तर संस्थागत मुद्दती खाताको ब्याजदरलाई भने ०.२५ प्रतिशतले घटाएको छ । बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
कुमारी बैंकले सबै प्रकारका निक्षेपको ब्याजदर स्थिर राख्दै बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ५.३१ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.५० प्रतिशत र ४.०० प्रतिशत कायम गरेको छ । बैंकले व्यक्तिगत मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशतले घटाएको छ भने अन्य निक्षेप खाताको ब्याजदर यथावत् राखेको छ ।
यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचत खाताको ब्याजदरलाई यथावत् राखेको छ । तर व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदरलाई भने क्रमशः ०.२५ प्रतिशतले घटाएको छ । बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.५० प्रतिशत र ३.७५ प्रतिशत ब्याज दिनेछ ।
तर हिमालयन बैंकले सबै ब्याजदर घटाएको छ । बैंकले बचत खाताको ब्याजदरलाई ०.१५ प्रतिशतले घटाएको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताको ब्याजदरलाई १ प्रतिशतले घटाएको छ । बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.१० प्रतिशत, ४.७५ प्रतिशत र ३.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
नेपाल एसबीआई बैंकले यो महिनाका लागि ब्याजदर स्थिर राख्दै बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०२ प्रतिशत, ५.३५ प्रतिशत र ४.३५ प्रतिशत तोकेको छ ।
एभरेस्ट बैंकले पनि सबै प्रकारका ब्याजदरलाई यथावत् राखेको छ । यस अनुसार बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०५ प्रतिशत, ४.१५ प्रतिशत र ३.१५ प्रतिशत ब्याज दिनेछ ।
प्रभु बैंकले पनि सबै प्रकारका ब्याजदरलाई यथावत् राखेको छ । आगामी महिना बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.१० प्रतिशत र ३.१० प्रतिशत ब्याज दिने जनाएको छ ।
यता लक्ष्मी सनराइज बैंकले बचत खातालाई यथावत् राखेर व्यक्तिगत र संस्थागत दुवै मुद्दती खातामा ०.५० प्रतिशतले ब्याजदर घटाएको छ । बैंकले अब बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ । ग्लोबल आईएमई बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई स्थिर राखेर बचत खाता, व्यक्तिगत मुद्दती खाता र संस्थागत मुद्दती खाताको ब्याजदरलाई क्रमशः ३ प्रतिशत, ५.५० प्रतिशत र ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।
सिटिजन्स बैंकले बचत खातामा ०.००५ प्रतिशतले ब्याजदर बढाएको छ । व्यक्तिगत मुद्दती खातामा ०.४० प्रतिशत र संस्थागत मुद्दती खातामा ०.५० प्रतिशत ब्याजदर घटाएको छ । बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.००५ प्रतिशत, ५.७५ प्रतिशत र ४.०० प्रतिशत ब्याजदर कायम गरेको छ ।
सिद्धार्थ बैंकले बचत खाताको ब्याजदरलाई स्थिर राखेको छ । व्यक्तिगत र संस्थागत मुद्दती खाता ब्याजदरलाई भने क्रमशः ०.२५ र ०.५० प्रतिशतले घटाएको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ३.७५ प्रतिशत ब्याज दिने जनाएको छ ।
सानिमा बैंकले ब्याजदर स्थिर राख्दै बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ५.४० प्रतिशत र ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ । माछापुच्छ्रे बैंकले पनि ब्याजदर यथावत् राखेको छ । बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.५० प्रतिशत र ४.७५ प्रतिशत ब्याज दिने जनाएको छ ।
एनएमबी बैंकले बचत तथा एकवर्षे मुद्दती खाताको ब्याजदर स्थिर राखेको छ । यस अनुसार बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०२ प्रतिशत, ५.५० प्रतिशत र ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।
एनआईसी एसिया बैंकले बचत खाता र संस्थागत मुद्दती खाताको ब्याजदरलाई स्थिर राखेर व्यक्तिगत मुद्दती खाताको ब्याजदर १.४५ प्रतिशतले घटाएको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.२७ प्रतिशत, ४.१५ प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ ।
नेपाल बैंकले पनि ब्याजदर स्थिर राखेको छ । बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ४.५५ प्रतिशत र ३.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।






























प्रतिक्रिया