काठमाडौं । गुणस्तरीय बैंकिङ सेवालाई प्राथमिकता दिँदै अगाडि बढी रहेको नबिल बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै उक्त रकम नाफा भएको देखाएका हो ।
अघि आर्थिक वर्ष २०८०/८१ को सोही अवधिसम्ममा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि ३६.०९ प्रतिशतले बढ्दा खुद नाफाले पनि छलाङ मारेको छ ।
गत आवको सोही अवधिमा दुई अर्ब १२ करोड रुपैयाँ रहेको सञ्चालन मुनाफा यस अवधिमा बढेर दुई अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । असोज मसान्तसम्ममा बैंकको इम्पेयरमेन्ट चार्ज सामान्य अंकले घटेर एक अर्ब ११ करोड रुपैयाँबाट ४५ करोड ७७ लाखमा झरेको छ ।
यसले गर्दा पनि बैंकको नाफा बढ्न टेवा पुगेको छ । नबिलको खराब कर्जा दर १.५८ प्रतिशत विन्दुबाट घटेर १.४२ प्रतिशतमा झरेको छ । चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको नबिल बैंकको जगेडा कोषमा ३० अर्ब ५ करोड रुपैयाँ जम्मा रहेको छ ।
प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५२ पैसाले बढेर २९ रुपैयाँ ८३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने २२९.४८ रुपैयाँ छ ।































प्रतिक्रिया