काठमाडौं । नेपालका लागि स्कोडा कारको आधिकारिक वितरक एमएडब्लु एक्सपान्जले नजिकिँदै गरेको तिहारलाई लक्षित गर्दै आकर्षक छुट अफर ल्याएको छ ।
‘तिहार डिल्स अन ह्विल्स’ नामक यस अफरअन्तर्गत ग्राहकहरुले नेपालमा सबैभन्दा धेरै बिक्री हुने कार कुशाक किन्दा ५ लाख रुपैयाँ छुट अफर पाउनेछन् । साथै सो गाडीमा ८० प्रतिशत फाइनान्स अफर समेत उपलब्ध छ । यसका लागि आवश्यक सहजीकरण समेत कम्पनीले गर्नेछ ।
कुशाक इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल स्ट्यान्डार्ड भएको सेग्मेन्टकै पहिलो एसयूभी हो । अत्याधुनिक र इफिसेन्ट टीएसआई इन्जिन राखिएको स्कोडा कुशाक नेपाली बजारमा विभिन्न ५ भेरिएन्टमा उपलब्ध छ । यसको बेस भेरिएन्ट एक्टिभ एमटीको मूल्य ५२ लाख ९० हजार रुपैयाँ छ भने सबैभन्दा माथिल्लो भेरिएन्ट स्टाइल एटीको मूल्य ७९ लाख ९० हजार रुपैयाँ छ ।































प्रतिक्रिया