काठमाडौँ । भारतीय बजारमा महिन्द्रा एक्सयूभी थ्रीएक्सओ ईभीको लन्च गर्ने तयारी भएको छ । हालै परीक्षणका क्रममा महिन्द्राको थ्रीएक्सओको इलेक्ट्रिक संस्करणको इन्टेरियर डिजाइन पनि देखाइएको छ ।
ड्युअल टोन अलोय ह्विल र कपर एक्सेन्टको नयाँ सेटसहित थ्रीएक्सओ ईभीमा सी आकारको डीआरएल र फेन्डर माउन्टेड चार्जिङ पोर्ट जस्ता फिचर देखिएको छ ।
यसको अगाडिको क्लोज ग्रिल र स्ट्याक्ड हेडल्याम्पमा फरकपना छ । विभिन्न ब्याजिङ र अपग्रेडेड बम्पर दिइएको यसमा पोइन्ट प्यासेन्जर साइड फेन्डरमा प्रदान गरिएको छ ।
एक्सयूभी४०० ईभीमा जस्तै इन्टेरियर यसमा पनि प्रदान गरिएको छ । इलेक्ट्रिक थ्रीएक्सओमा एन्ड्रोनोक्स कनेक्टिभिटी सुइट, ६ वटा एयरब्याग, १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो–एप्पल कारप्ले, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ र ३६० डिग्री क्यामेरा जस्ता फिचर हुने अपेक्षा गरिएको छ ।
रिपोर्टका अनुसार थ्रीएक्सओ ईभीमा ३४.५ किलोवाट क्षमताको ब्याट्री प्याक प्रदान गर्ने अनुमान गरिएको छ । सो ब्याट्रीले फुल चार्ज गरेपछि ३७५ किलोमिटरसम्मको रेन्ज दिनेछ ।































प्रतिक्रिया