घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुन १ सयले घटेर प्रतितोला ९२ हजार ६०० मा कारोबार भइरहेको छ । आइतबार २ सयले घटेको थियो ।

गत हप्ताको पहिलो दिन आइतबार सुन ६ सयले घटेको थियो । सोमबार ७ सयले घटेको सुन मंगलबार ५ सयले बढेको थियो । बुधबार पनि ५ सयले बढेको थियो । विहिबार १ हजार ६ सयले बढेको सुन शुक्रबार ३ सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ६ सय र तेजाबी सुनको मूल्य ९२ हजार १५० कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि केही घटेको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँले घट्दै १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo