भक्तपुर । भक्तपुरको राधेराधेमा दिपलको नयाँ शोरुम खुलेको छ । नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ती क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट दिपल ईभीको फर्स्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन शुक्रबार आफ्नो नयाँ शोरुम उद्घाटन गरेको हो ।
नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया र स्काईलाइन मोटरका निर्देशक विशाल पाण्डेले संयुक्त रुपमा दिपलको भक्तपुर शोरुम उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै नेपालले आर्टिफिसियल इन्टेलिजेन्ज भएका सवारीसाधनहरू नेपालमा भित्रिनु सुविधा र सुरक्षाका हिसाबले महत्त्वपूर्ण रहेको बताए ।
त्यसैगरी, एमएडब्लु वृद्धि अटोकर्पका अध्यक्ष अग्रवालले आकर्षक डिजाइन, सुरक्षा, विश्वसनीयता र आर्थिक लाभका कारण नेपालमा विद्युतीय गाडीको लोकप्रियता तीव्र गतिमा बढिरहेको बताए । उनले चीनको सबैभन्दा पुरानो र दोस्रो ठूलो अटोमोबाइल कम्पनीलाई नेपालमा प्रतिनिधित्व गराउन पाउँदा आफूले गर्व महसुस गरिरहेको बताएका छन् ।
कार्यक्रममा स्काईलाइन मोटरका निर्देशक पाण्डेले भक्तपुरमा औपचारिक रूपमा शोरुम सुरु गर्नुभन्दा पहिले नै बजारबाट राम्रो प्रतिक्रिया पाउन थालिसकेको बताए । एमएडब्लु वृद्धिले यसअघि नै पोखरामा आफ्नो अपरेसन सुरु गरिसकेको छ भने बुटवल, वीरगन्ज, नारायणघाट, विराटनगर र विर्तामोड गरी थप पाँच सहरमा आफ्नो सञ्जाल विस्तार गर्ने योजना बनाएको जनाएको छ ।





























प्रतिक्रिया