काठमाडौँ । स्मार्टफोन निर्माता कम्पनी शाओमीले बजारमा ल्याउने तयारी गरिरहेको इलेक्ट्रिक कार एसयु७ को चिनियाँ बजारमा नक्कल देखिएको छ ।
यसको फ्रन्ट फेस, हेडलाइट र हुडको आकार ठ्याक्कै शाओमीको ब्लु बे सिग्नेचर कलरमा जस्तै रहेको छ । शान्डोङ यान्लु न्यु इनर्जीले निर्माण गरेको यसलाई युन्लेई नाम दिइएको छ । चाइनिज मिडियाहरूले युन्लेईलाई रेडमी एसयु७ उपनाम दिएका छन् ।
सो नक्कली एसयु७ अर्थात युन्लेईलाई लो–स्पिड इलेक्ट्रिक भेइकल अर्थात् एलएसईभीजको क्याटागोरीमा राख्न सकिन्छ । शाओमी एसयु७ सेडान भए पनि यो नयाँ ईभी भने कम्प्याक्ट एसयूभी हो । शाओमीले पहिलो ईभी अर्को वर्षको शुरुमा उपलब्ध गराउने भए पनि युन्लेई भने योभन्दा पहिले नै उपलब्ध भइसकेको छ ।
गत मार्च २८ मा शाओमी एसयु७ चीनमा लन्च गरिएको थियो । कम्पनीले आगामी नोभेम्बरसम्म यसको १ लाख युनिट डेलिभरी गर्ने योजना बनाएको थियो ।





























प्रतिक्रिया