सन् १९९० को दशकमा बुलेट ३५० बाइकको मूल्य १८ हजार ७ सय भारु, इन्टरनेट र सामाजिक सञ्जालमा बिल भाइरल

सन् १९९० को दशकमा बुलेट ३५० बाइकको मूल्य १८ हजार ७ सय भारु, इन्टरनेट र सामाजिक सञ्जालमा बिल भाइरल

केन्द्रबिन्दु
444
Shares

काठमाडौँ । सन् १९९० को दशकमा बिक्री भएको बुलेट बाइकको रसिद इन्टरनेट र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उक्त बुलेट ३५० बाइक २३ जनवरी १९८६ मा झारखण्डको सन्दिप अटोबाट खरिद गरिएको थियो ।

भाइरल भएको उक्त रसिदमा सो बाइकको मूल्य १८ हजार ७ सय भारु रहेको छ । रसिदमा सो बाइकको अनरोड मूल्य १८ हजार ८०० भारु रहेको छ भने यसमा २५० भारु छुट दिइएको छ । लेगगार्डको १५० रुपैयाँसहित बाइकको कुल मूल्य १८ हजार ७ सय भारु छ ।

सन् १९८६ मा इन्फिल्ड बुलेट नामबाट ल्याइएको रोयल इन्फिल्ड बुलेट हाल कम्पनीले ३५० सीसी सेग्मेन्टमा बिक्री गरिरहेको छ । बुलेट ३५० बाहेक यसमा क्लासिक ३५०, मेटियर ३५०, हन्टर ३५० जस्ता बाइक समावेश छ ।

आज रोयल इन्फिल्ड बुलेट ३५० को अनरोड मूल्य भारतमा ६ लाख भारु भन्दा बढी पुगेको छ ।

Skip This
Skip This
Logo