हुन्डाई मोबिस र जर्मन अप्टिकल जायन्ट जेइसबीच साझेदारी

हुन्डाई मोबिस र जर्मन अप्टिकल जायन्ट जेइसबीच साझेदारी

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । दक्षिण कोरियाली कम्पनी हुन्डाई ग्रुपको सहायक कम्पनी हुन्डाई मोबिसले जर्मन अप्टिकल जायन्ट जेइससँग ‘होलोग्राफिक विन्डशिल्ड डिस्प्ले’ विकास गर्नका लागि साझेदारी गरेको छ ।

दुवै कम्पनीले हेड–अप डिस्प्ले (एचयूडी) को विस्तृत रूपलाई पुरै फ्रन्ट विन्डशिल्डका रूपमा विकास गरेको बताएका छन् ।

यस प्रकारको प्रविधिले हाल कारमा उपलब्ध हुने ड्यासबोर्डको स्क्रिन सबै हटाउने र यसको पुरै विन्डशिल्ड नै फुल–डिस्प्ले स्क्रिन हुने बताएको छ । हालको एचयूडीमा स्पिड र नेभिगेसन लगायतका केही सूचना मात्र उपलब्ध हुने बताइएको छ । नयाँ सिस्टममा इन्फोटेनमेन्ट, अडियो कन्ट्रोल, भिडियो, भेइकल मेनु र गेम लगायतका विभिन्न फिचरहरू रहेका छन् ।

यसले कसरी कार्य गर्दछ भन्ने बारेमा पनि मोबिस र जेइस दुवैले जानकारी दिएका छन् । यसमा होलोग्राम डिस्प्ले गर्ने अल्ट्रा–थिन फिल्म हुन्छ । ड्राइभर र यात्रु दुवैले अगाडिको दृश्य सहज तरिकाले हेर्न सक्छन् । यसको स्क्रिनलाई भ्वाइस वा जेस्चर कन्ट्रोलबाट सञ्चालन गर्न सकिने बताइएको छ ।

Skip This
Skip This
Logo