काठमाडौँ । नेपाली बजारमा लुयानको इलेक्ट्रिक स्कुटर ‘एस९०’ पावर बढाएर ल्याइएको छ । यो स्कुटरमा ३ हजार वाट क्षमताको लिक्विड कुल्ड मोटर जडान भएर ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीका सेल्स हेड शंकर शर्माका अनुसार ७२ भोल्ट ३८ एएचको ग्राफिन ब्याट्री भएकाले यसले एकपटकको फुल चार्जमा करिब १०० देखि १२० किलोमिटर सम्म रेन्ज दिने अनुमान गर्न सकिन्छ ।
दुबै चक्कामा डिस्क ब्रेक जडान गरिएको यस स्कुटरको दुबै चक्का १२ इन्चको छ भने यसमा डबल डिस्प्ले क्लस्टर रहेको छ । स्कुटरलाई ओरालोमा चलाउँदा आफै ब्याट्री चार्ज हुने प्रविधि रिजेनरेटिभ ब्रेकिङ सिस्टमको साथै व्हिल लक सिस्टम समेत उपलब्ध छ ।
कम्पनीका अनुसार लुयानको एमएनके३ मोडलको नेपाली बजारमा करिब १ हजार भन्दा बढी बिक्री भएको छ । कम्पनीले काठमाडौँ उपत्यकाका ९ स्थानमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।





























प्रतिक्रिया