रोयल इन्फिल्डको नयाँ ६५० सीसी बाइक ‘बियर ६५०’ सार्वजनिक, यस्ता छन् विशेषता

रोयल इन्फिल्डको नयाँ ६५० सीसी बाइक ‘बियर ६५०’ सार्वजनिक, यस्ता छन् विशेषता

केन्द्रबिन्दु
105
Shares

काठमाडौँ । रोयल इन्फिल्डको ६५० सीसीको नयाँ बाइक बियर ६५० सार्वजनिक भएको छ । हाल उपलब्ध इन्टरसेप्टर ६५० मा आधारित यसमा आफ्नै पहिचान दिनका लागि केही महत्त्वपूर्ण परिवर्तन गरिएको बताइएको छ ।

रोयल इन्फिल्ड बियर ६५० मा फरक सस्पेन्सन र ह्विल साइजसहित इन्टरसेप्टर ६५० कै च्यासिस प्रयोग गरिएको छ । फ्रन्ट र रियर ह्विल पहिले १८, १८ इन्च भएकोमा अब १९ र १७ इन्च बनाइएको छ । यसमा रोयल इन्फिल्ड सटगन बाइकमा प्रयोग गरिए जस्तै शोवा यूएसडी फोर्क्स प्रयोग गरिएको छ भने रियरमा नयाँ ड्युअल शक एब्जर्बर प्रयोग गरिएको छ ।

इन्टरसेप्टरमा भएको ११०, ८८ एमएमलाई बढाएर यसमा १३० र ११५ एमएम बनाइएको छ । यस बाइकमा सबैभन्दा अग्लो सिट हाइट ८३० एमएम पुगाइएको छ । स्पोक ह्विलमा पहिलो पटक प्रयोग गरिएको एमआरएफको नाइलोरेक्स ब्लक प्याटर्न टायर छ ।

बियर ६५० मा इन्टरसेप्टर ६५० कै जस्तो ६४८ सीसी प्यारालल ट्विन इन्जिन प्रयोग गरिएको छ । यद्यपि यसमा ड्युअल एक्जस्ट पाइपको सट्टा टु–इनटु वान सिस्टमको सिंगल एक्जस्ट उपलब्ध छ । यसकारण यसको टर्क उही आरपीएममा केही बढेर ५६.५ एनएम पुगेको छ भने पिक पावर भने उही ४७ एचपी छ ।

रोयल इन्फिल्ड बियर ६५० पाँच विभिन्न कलर अप्सनमा उपलब्ध हुनेछ । यसको मूल्य र अन्य विस्तृत जानकारी आगामी नोभेम्बर ५ मा सार्वजनिक हुने बताइएको छ ।

Logo