काठमाडौँ । नेपाली बजारमा नेटा, दायुन, रिडारा र अवतार प्यासेन्सर कारको आधिकारिक वितरक सीजी मोटर्सको पोखराका लागि आधिकारिक विक्रेता टीटी ग्लोबलले धनतेरसको अवसर पारेर धनतेरस ईभी कार्निभल आयोजना गरेको छ ।
आज पोखराको न्युरोडमा रहेको सीटी स्क्वायर बैङ्कवेट एण्ड रेष्टुरेन्टमा उक्त कार्निभल बिहानको ८ बजेबाट सुरु भएको हो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले एक विशेष कार्यक्रम गरी कार्निभलको उद्घाटन गरेका छन् ।
टीटी ग्लोबलले इच्छुक ग्राहकहरुले धनतेरस ईभी कार्निभलमा रिडारा, दायुन, नेटा एक्स, नेटा भी र अवतार ११ को खरिदमा विशेष अफरहरुको लाभ उठाउन सक्ने बताएको छ । उक्त कार्निभल मार्फत ती गाडीको खरिदमा आकर्षक एक्सचेन्ज बोनस, आकर्षक क्यास डिस्काउन्ट, १ वर्षको निशुल्क बिमा, चालु आर्थिक वर्षको निशुल्क कर, ६.६ किलोवाटको फास्ट चार्जर र स्पेर टायर निशुल्क प्राप्त गर्न सक्ने भएका छन् ।

कार्यक्रममा टीटी ग्लोबलका सञ्चालक प्रमेश पराजुलीले यस विशेष कार्यक्रममा एकै ठाउँबाट ग्राहकहरुले सीजी मोटर्स्का प्यासेन्जर गाडीहरुको टेष्ट ड्राईभ गरी गाडीको बारेमा बुझ्न र अनुभव गर्न पाउने बताए । साथै ग्राहकहरुको सुविधालाई मध्यनजर गरी एकै ठाउँबाट सम्पूर्ण सुविधाहरु दिन लागिएको उनले जानकारी गराए । साथै उनले पहिलो पटक पोखरामा दायुन गाडीको विशेष समारोहका बिच अनावरण गरिने बताए ।































प्रतिक्रिया