बीवाईडीको हाइब्रिड पिकअप ट्रक ‘शार्क’ एसियाली बजारमा पहिलोपटक लन्च

बीवाईडीको हाइब्रिड पिकअप ट्रक ‘शार्क’ एसियाली बजारमा पहिलोपटक लन्च

केन्द्रबिन्दु
81
Shares

काठमाडौँ । एसियाली बजारमा बीवाईडीको हाइब्रिड पिकअप ट्रक ‘शार्क’ पहिलोपटक लन्च भएको छ ।

यो नयाँ ईभीलाई कम्पनीले कम्वोडियामा लन्च गरेको हो । यो गाडी यसअघि ब्राजिल, मेक्सिको र पानामामा बिक्री हुँदै आएको थियो भने छिट्टै अष्ट्रेलियामा समेत लन्च हुने तयारीमा छ । चिनियाँ बजारमा समेत लन्च हुन बाँकी रहेको छ ।

अफरोड ईभीका लागि तयारी पारिएको बीवाईडीको डिएमओ प्लेटफर्ममा निर्माण गरिएको शार्क ५ हजार ४५७ एमएम लामो, १ हजार ९७१ एमएम चौडा र १९२५ एमएम अग्लो छ ।

सो नयाँ गाडीमा १.५ टी इन्जिन जडान गरिएको छ । जसको संयुक्त पावर ३२० किलोवाट र टर्क ६५० एनएम छ । शार्कमा २९.५ किलोवाट आवरको ब्लेड ब्याट्री जडान गरिएको छ । जसलाई फुलचार्ज गर्दा १०० किलोमिटर इलेक्ट्रिक रेन्ज पाइने दाबी छ । साथै यसको फुल ट्यांक इन्धन र इलेक्ट्रिक रेन्ज भने ८४० किलोमिटर छ । शार्कमा भेइकल–टु–लोड लगायत फिचर दिइएको छ ।

Logo