काठमाडौँ । चेरीले लेपासको अर्थ के हो भनेर नप्रष्ट्याए पनि लेपासलाई ‘प्रोडक्ट लाइन’ भनेको छ । तर लेपासले ‘धनी, करिज्म्याटिक र उच्च नेटवर्थ भएका सहरी अभिजात वर्ग’ लाई लक्षित गर्ने र सो ब्रान्डको प्रोडक्ट इमेज ‘योङ, स्टाइलिस र टेक–ड्रिभन’ हुने उल्लेख गरेको छ ।
हालै चीनमा सम्पन्न २०२४ चेरी इन्टरनेसनल युजर समिटमा चेरीले अन्तर्राष्ट्रिय बजारका लागि अर्को ब्रान्ड ‘लेपास’ को घोषणा भएको छ । ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनको वुहुमा हालसालै भव्य रूपमा सम्पन्न भएको थियो ।
लेपासको पहिलो मोडल लेपास ८ हुनेछ, जुन चेरी टिग्गो ८ प्रो एसयूभी साइज जस्तै हुनेछ । बजारमा यसको उपलब्धता हुने समय वारेमा भने केही बताइएको छैन । लेपास अन्तर्गत कम्बसनका साथै प्लग–इन–हाइब्रिड र फुल्ली इलेक्ट्रिक ड्राइभट्रेन सम्मका सवारी साधन उपलब्ध हुने बताइएको छ ।
नेपालमा पनि चेरी र यसको सब–ब्रान्ड जेइको समेत एउटै आयातकर्ता एसपीजी अटोमोबाइल्सले बिक्री–वितरण गरिरहेको छ । सम्मेलनमा नेपालको तर्फबाट ओमोडा एन्ड जेइको नेपालका ग्राहक तथा उपभोक्ता राजन सापकोटा र मिलन चाम्लिङको पनि सहभागिता रहेको थियो ।





























प्रतिक्रिया