काठमाडौँ । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमलादेवी पन्तले नेपाली सुपारी नेपालमै खपतको रणनीतिबारे नेपाल सरकारबाट कार्ययोजनाको माग गर्ने बताएकी छन् ।
बुधबार समितिमा नेपालमा उत्पादित सुपारी निर्यातबारे भएको छलफलमा उनले नेपालमा उत्पादन भएको सुपारी नेपालमै खपत भए राम्रो हुने भन्दै यसको लागि सरकारसँग सहकार्य गर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘नेपालमा के कति सुपारी आवश्यक पर्ने हो, नेपाली सुपारी नेपालमै खपतको रणनीति के बनाउने, सुपारीको बजार मूल्य निर्धारण र सुपारी खेतीको संरक्षण एवं विस्तारको बारेमा समितिले नेपाल सरकारबाट कार्ययोजनाको माग गर्ने भएको छ ।,’ यसको साथै उनले नेपाली सुपारीको गुणस्तर र उत्पत्तिको प्रमाणिकरण गर्न उत्पत्तिको प्रमाण पत्र जारी गर्ने कार्यविधि २०६८ मा आवश्यक सुधार गर्न पनि सरकारसँग छलफल गर्ने बताइन् ।
उनले भनिन्, ‘सरकारले सुपारी आयात खुला गरेको सम्बन्धमा आयातित सुपारीको चोरी निकासी रोक्न नेपाली सुपारीको सुरक्षित निकासी गर्न आयतित सुपारीको उपयुक्त भन्सार दर कायम गर्ने, कोटा निर्धारण गर्ने, सम्बन्धमा अर्थ मन्त्रालय र गृहमन्त्रालयसँग छलफल गर्ने, आयात र निर्यात हुने सुपारीको डिएनए परिक्षण के कति समयमा व्यवस्था गर्न सकिन्छ, सोको सम्भाव्यता अध्ययन गरी कार्ययोजना पेश गर्न र उक्त व्यवस्था नहुदाँ कसरी आयात निर्यातको व्यवस्था गर्न सकिन्छ, सो सम्बन्धमा उद्योग वाणिज्य मन्त्रालयसँग राय माग गर्ने छु ।’































प्रतिक्रिया