काठमाडौँ । चीनको वुहुस्थित चेरीको गृहनगरमा आयोजित विशेष समारोहमा चेरी ग्रुपले १ करोड ५० लाख सवारी साधन उत्पादन गरेको बताइएको छ ।
उक्त अवसरमा चेरी ग्रुपका अध्यक्ष यिन टोङयुले १ करोड ५० लाख माइलस्टोन एक संख्या मात्र नभई यसले चेरीले असम्भवलाई वास्ताविकता र वास्तविकतालाई अझै ठूलो सम्भाव्यतामा परिणत गर्ने एक नवप्रवर्तन भएको बताएका छन् ।
ग्लोबल रूपमा मनाइएको सो इभेन्टमा कम्पनीले इजिप्ट, ब्राजिल, कजाकस्तान र मलेसिया गरी चार देशमा यी कार क्रमशः सार्वजनिक गरेको छ । चेरीको ब्राजिलस्थित म्यानुफ्याक्चरिङ फ्यासिलिटीमा उत्पादन गरिएको चेरी टिग्गो ८ प्रो गाडी सार्वजनिक गरिएको छ ।
विश्वव्यापी रुपमा टिग्गो ८ सिरिजको बिक्री १० लाख युनिट भन्दा बढी पुगेको छ । सो गाडीले दक्षिण अफ्रिाकाको २०२३ मोटर इन्थुजियास्ट्स च्वाइस अवार्ड, मेक्सिकोको टप मिडसाइज एसयूभी र हालै १९औं वार्षिक सी अवार्ड्समा फिलिपिन्सको बेस्ट मिडसाइज क्रसओभर लगायतका प्रतिष्ठित पुरस्कार समेत पाएको छ ।
चेरीले सबैभन्दा पहिलो गाडी सन् १९९९ डिसेम्बर १८ मा सार्वजनिक गरेको थियो । त्यसपछि कम्पनीले लगातार २१ वर्षसम्म चीनको सबैभन्दा ठूलो कार निर्यातक कम्पनीको रुपमा आफ्नो स्थान कायम गरेको छ । विश्वका १०० भन्दा बढी देश र अन्य क्षेत्रमा यसको व्यवसाय विस्तार भएको छ । नेपालमा समेत चेरी टिग्गो ८ प्रो लगायतका विभिन्न मोडल उपलब्ध छन् ।
यो वर्षको जनवरीदेखि सेप्टेम्बर सम्मको अवधिमा चेरीले १७ लाख ५२ हजार ७९३ युनिट गाडी बिक्री गरेको छ भने ८ लाख २९ हजार ३५३ युनिट निर्यात गरेको छ । यो निर्यात भनेको पुरै बिक्रीको करिव ५० प्रतिशत हो ।





























प्रतिक्रिया