बीवाईडीद्वारा पहिलो पटक एक महिनामै ५ लाखभन्दा बढी युनिट कार बिक्री

बीवाईडीद्वारा पहिलो पटक एक महिनामै ५ लाखभन्दा बढी युनिट कार बिक्री

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । गत वर्षको अक्टोबर महिनामा ३ लाख १ हजार ९५ गाडी बिक्री गरेको बीवाईडीले पहिलो पटक एक महिनामै ५ लाखभन्दा बढी युनिट कार बिक्री गर्न सफल भएको छ ।

बीवाईडीले अक्टोबर महिनामा ५ लाख ५२६ इलेक्ट्रिक प्यासेन्जर भेइकल बिक्री गरेको छ । गत सेप्टेम्बरमा बीवाईडीले ४ लाख १७ हजार ६०३ गाडी बिक्री गरेको थियो ।

यो वर्षको जनवरीदेखि अक्टोबरको अवधिमा बीवाईडीले ३२ लाख ३६ हजार ९२७ इलेक्ट्रिक कार बिक्री गरेको छ । बीवाईडीले सन् २०२४ भरीमा ३६ लाख गाडी बिक्री गर्ने लक्ष्य लिएको थियो । यस अनुसार यो लक्ष्य स्वाभाविक रुपमा हासिल गर्ने अनुमान गरिएको छ ।

बीवाईडीले पेट्रोलियम पदार्थबाट चल्ने गाडी आईसीई कारको उत्पादन सन् २०२२ को अप्रिलदेखि नै बिक्री गर्न बन्द गरेको छ । बीवाईडीले हालै सार्वजनिक गरेको सेप्टेम्बर ३० सम्मको तथ्यांकअनुसार २०१.१२ बिलियन युआन अर्थात् २८.२४ बिलियन डलर आय गरेको छ, जुन गत वर्षको तुलनामा २४ प्रतिशत बढी हो ।

Skip This
Skip This
Logo