कार र बाइकमा कुन-कुन तरल पदार्थ प्रयोग गरिन्छन् ?

कार र बाइकमा कुन-कुन तरल पदार्थ प्रयोग गरिन्छन् ?

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । कारलाई राम्रो कन्डिशनमा राख्नका लागि समय समयमा मर्मत गर्नुका साथै समयमै सर्भिस गर्नुपर्छ । कार र बाइकमा इन्जिन आयलबाहेक विभिन्न तरल पदार्थको प्रयोग गरिन्छ । यस्ता छन् ती तरल पदार्थहरूः

इन्जिन आयल
कारमा भएका मुभिङ पार्ट्सलाई चिप्लो बनाउन र इन्जिनको तापक्रमलाई सामान्य अवस्थामा राख्नका लागि इन्जिन आयलको भूमिका महत्त्वपूर्ण हुन्छ । सामान्यतः महिनामा एक पटक इन्जिन आयल चेक गर्नुपर्दछ भने निश्चित दूरी चलाएपछि इन्जिन आयल परिवर्तन गर्नुपर्छ ।

ब्रेक फ्लुइड
कारमा ब्रेक लगाउँदा ब्रेक पेडलको माध्यमबाट ब्रेकिङ सिस्टमलाई सहज तरिकाले कार्य गर्नका लागि ब्रेक फ्लुइडले भूमिका खेल्छ । करिब एक दुई वर्षमा मात्र यसलाई परिवर्तन गरेको पाइन्छ ।

ट्रान्समिसन फ्लुइड
कारको गियर सिस्टममा रहेका मुभिङ कम्पोनेन्टलाई चिप्लो र चिसो बनाउने यसले फरक फरक मेकानिकल पार्ट्सको कार्यका लागि ट्रान्समिसन कम्प्युटरको रुपमा समेत कार्य गर्ने हाइड्रोलिक फ्लुइडको कार्य समेत गर्छ ।

डिफ्रेन्सियल फ्लुइड
फोर ह्विल र रियर ह्विल ड्राइभ गाडीमा बेरिङ र गियरलाई कुलिङ र लुब्रिकेसन गर्ने कार्य गर्ने डिफ्रेन्सियल फ्लुइडलाई प्रत्येक पटक आयल चेन्ज गर्दा यसलाई पनि चेक गर्नुपर्छ र त्यसै अनुसार परिवर्तन गर्न सकिन्छ ।

पावर स्टेयरिङ फ्लुइड
कारको पावर स्टेयरिङलाई सहज तरिकाले चलाउनका लागि प्रयोग गरिने पावर स्टेयरिङ फ्लुइडलाई सामान्यतः वार्षिक रुपमा जाँच गरेर त्यही अनुसार प्रयोग गर्न सकिन्छ ।

विन्डशिल्ड वाइपर फ्लुइड
अन्य आयल जस्तो विन्डशिल्ड वाइपरले कारको इन्जिन वा मेकानिकल पार्ट्सका लागि कार्य गर्दैन । यसले विन्डशिल्ड वाइपरलाई सहज बनाउने कार्य गर्छ र त्यसमा मात्र प्रयोग गरिन्छ । प्रत्येक पटक आयल चेन्ज गर्दा यसलाई पनि चेन्ज गर्दा राम्रो हुन्छ ।

कुलेन्ट
कुलेन्टको काम इन्जिनलाई चिसो बनाउनु हो । ताप शोषण गरेर र रेडिएटरबाट यसलाई चिसो बनाएर कुलेन्टले इन्जिनलाई धेरै तातो निकाल्नबाट रोक्छ र सुरक्षित राख्छ । इन्जिन आयल जस्तो कुलेन्टलाई छोटो समयमा परिवर्तन गर्नुपर्दैन ।

Logo