तिहारपछि घट्यो सुनको भाउ, १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार हुँदै

तिहारपछि घट्यो सुनको भाउ, १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार हुँदै

केन्द्रबिन्दु
102
Shares

काठमाडौँ । तिहारपछिको सुनको भाउ घटेको छ । आज मंगलबार सुनको भाउ तोलामा २८ सयले घटेको हो ।

कार्तिक १५ गते १ लाख ७१ हजारमा कारोबार भएको सुन आज १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । कार्तिक १५ गते २ हजार ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ६० रुपैयाँले घटेर २ हजार ३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

Skip This
Skip This
Logo