सुजुकीको इलेक्ट्रिक कारको प्रोडक्सन भर्सन ईभी ई–भिटारा सार्वजनिक, यस्ता छन् फिचर

सुजुकीको इलेक्ट्रिक कारको प्रोडक्सन भर्सन ईभी ई–भिटारा सार्वजनिक, यस्ता छन् फिचर

केन्द्रबिन्दु
165
Shares

काठमाडौँ । सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार विश्व बजारका लागि सार्वजनिक गरेको छ । इटालीको मिलानमा शुरु भएको मोटर शो ईआईसीएमए २०२४ मा सुजुकीले ईभीएक्स कन्सेप्ट नाम दिएको इलेक्ट्रिक कारको प्रोडक्सन भर्सन सार्वजनिक गरेको हो ।

पहिलो पटक भारतको अटो एक्सपो २०२३ मा सार्वजनिक गरिएको सो कन्सेप्टको नाम अब ई–भिटारा राखिएको छ । भारतमा आगामी जनवरीमा सम्पन्न हुने भारत मोबिलिटी शो २०२५ मा यो कार प्रदर्शन गरिने छ ।

यसको उत्पादन २०२५ को फेब्रुअरीदेखि सुजुकी मोटर गुजरातको प्लान्टमा शुरु हुनेछ । त्यसपछि मार्च महिनादेखि युरोप, जापान र भारत लगायतका देशमा बिक्रीका लागि उपलब्ध हुनेछ । नेपालमा पनि त्यसपछि आउन सक्ने सम्भावना छ ।

ई–भिटाराको लम्बाई, चौडाई र उचाई क्रमशः ४२७५, १८०० र १६३५ एमएम छ । यसको ह्विलबेस २७०० एमएम र ग्राउन्ड क्लियरेन्स १८० एमएम छ । ५ जना व्यक्ति बस्न मिल्ने सो गाडीमा ४९ र ६१ किलोवाट आवरको ब्याट्री अप्सन हुनेछ ।

परमानेन्ट सिंक्रोनस इलेक्ट्रिक मोटर रहेको सो गाडी टु ह्विल र फोर ह्विल ड्राइभ अप्सनमा उपलब्ध हुनेछ । टु ह्विल ड्राइभमा ४९ किलोवाट आवरको ब्याट्रीले १४२ एचपी र ६१ किलोवाट आवरको ब्याट्रीले १७२ एचपी तथा फोर ह्विल ड्राइभमा ६१ किलोवाट आवरको ब्याट्रीले १८१ एचपी पावर दिन्छ । टु ह्विल र फोर ह्विलमा यसको टर्क क्रमशः १८९ एनएम र ३०० एनएम हुनेछ ।

Skip This
Skip This
Logo