काठमाडौँ । नेपाल नेटवर्क अपरेटर्स ग्रुपको दशौँ संस्करण आगामी मंसिर १० देखि १४ गतेसम्म पोखरामा आयोजना हुने भएको छ ।
नेटवर्किङ तथा आईसीटी क्षेत्रका प्राविधिकहरूको ज्ञान र क्षमता वृद्धि गर्ने उद्देश्यसहित कार्यशाला र सम्मेलन हुने लागेको हो ।
यस कार्यक्रममा नेटवर्किङ र आईसीटी क्षेत्रका प्राविधिकहरूले ज्ञान र क्षमता वृद्धि गर्नका लागि कार्यशाला र सम्मेलन समेटिएको छ । चार दिने कार्यशालामा नेटवर्क अटोमेसन र एडभान्स राउटिङ सम्बन्धी विधाहरू एपनिकबाट र इन्ट्रोडक्सन टु कन्टेनराइजेसन सम्बन्धी विधाहरू एनपीनोगका प्रशिक्षकरूबाट उपलब्ध गराइने आयोजकको भनाइ छ ।
यसवर्षको पाठ्यक्रम सामग्री हालको नेटवर्क तथा सिस्टम इन्जिनियरका मागलाई सम्बोधन गर्ने गरी तयार गरिएको छ । कार्यशालापछि अन्तिम दिन १४ मंसिरमा एक दिवसीय सम्मेलन आयोजना गरिने बताइएको छ ।
नेपालको इन्टरनेट पूर्वाधारलाई सहयोग पुर्याउने एनपीआईएक्स, नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क (एनआरईएन) र इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) का सदस्यहरूलाई रजिस्ट्रेसनमा २० प्रतिशत छुट दिइएको छ ।
आईसीटी क्षेत्रमा समावेशिता र सहभागिता बढाउन एनपीनोगले विशेष छात्रवृत्ति कार्यक्रमको व्यवस्था समेत गरेको छ । जसअन्तर्गत महिला सहभागीलाई प्रोत्साहन गर्न ५० प्रतिशत छात्रवृत्ति सुरक्षित गरिएको छ ।
कार्यक्रमको सहआयोजकमा नेपाल इन्टरनेट एक्सचेन्ज रहेको छ । जसलाई नेपाल टेलिकम्युनिकेसन अथोरिटी, नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क (एनआरईएन) र आईएसपी एसोसिएसन अफ नेपाल (आईस्पान) का साथै विभिन्न अन्तर्राष्ट्रिय समुदायले सहयोग गरेका छन् ।































प्रतिक्रिया