काठमाडौँ । नेपाली बजारमा हालै मात्र भित्रिएको सीएफमोटो ४५० एमटी आकर्षक एड्भेन्चर टुरिङ मोटरसाइकल हो । यस बाइकप्रति व्यवसायीको क्रेज बढ्दो छ ।
हाल सांग्रिला मोटर्समा असिस्टेन्ट जनरल म्यानेजरको रुपमा कार्यरत किरण श्रेष्ठले नेपाली बजारमा भित्रिरहेको सीएफमोटो ४५० एमटी बाइक खरिद गरेका छन् । तिहारअघि नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सो बाइक सवारी साधन व्यवसायमा संलग्न श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।
सांग्रिला मोटर्स नेपाली बजारमा सिट्रोन, प्युजो र लिप मोटर्सको आधिकारिक वितरक हो । एड्भेन्चर बाइक चढ्ने पहिले देखिकै रहर पूरा गर्नका लागि सो बाइक खरिद गरेको श्रेष्ठले बताएका छन् । आकर्षक मोडल, लोभलाग्दो फिचर र आशा अनुसारको म्याचअप भएकाले यो बाइक रोजेको उनले बताएका छन् ।
उनले साढे १२ लाख मूल्यमै पाइने बजेट फ्रेन्ड्ली भएकाले यसलाई रुचाएको बताए । केटीएमको इन्जिन, ड्युअल सिलिन्डर, आकर्षक एक्जस्ट नोट लगायतका कारण यसलाई रुचाएको उनले बताए ।
यसमा भएको कर्भ्ड टीएफटी कलर डिस्प्लेले बाइकमा मोडर्न टच थपेको छ भने १७.५ लिटरको इन्धन ट्यांकीले लामो दुरीको यात्रामा पटक पटक इन्धन भर्नुपर्ने झन्झटबाट मुक्ति दिन्छ । त्यसैगरी यसमा भएको २१ इन्च र १८ इन्चको ट्युबलेस टायर सहितको अलोय ह्विलले एड्भेन्चरका लागि उपयुक्त मोडलको पहिचान कायम गरेको छ भने र मेटल तथा रबर अफरोड पेडलले जुनसुकै टेरेन्सका लागि पनि यसलाई उपयुक्त बनाएको छ ।
सीएफमोटो ४५० एमटीमा ४४९.५ सीसी ट्विन सिलिन्डर इन्जिन छ, जसले ४४ पीएस पावर र ४४ एनएम टर्क जेनेरेट गर्छ । १७५ किलोग्राम तौल भएको सो एड्भेन्चर टुरर बाइक हलुका र छरितो छ । परिस्कृत स्थिरताको लागि यसमा रियर स्विचेबल बोसको ड्युअल च्यानल एबीएस तथा बोसकै ट्रयाक्सन कन्ट्रोल सिस्टम (टीसीएस) छ ।





























प्रतिक्रिया