कतार एयरवेजले भोलिदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने

कतार एयरवेजले भोलिदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । कतार एयरवेजले मंगलबार (भोलि) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने भएको छ ।

हाल कतार–काठमाडौँ दैनिक ३ वटा उडान गर्दै आइरहेको यो वायुसेवाले भैरहवामा सातामा सातैवटा उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

मंगलबारबाट दोहा–भैरहवा–काठमाडौँ–दोहा उडान गर्नेछ । यससँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुगेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

Logo