नेपालमा फोटोनको माउन्टेन ईभी भ्यान सार्वजनिकः कस्ता छन् विशेषता, कति छ मूल्य ?

नेपालमा फोटोनको माउन्टेन ईभी भ्यान सार्वजनिकः कस्ता छन् विशेषता, कति छ मूल्य ?

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । चिनियाँ ब्रान्ड फोटोन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले नेपालमा इलेक्ट्रिक भेहिकल (ईभी) भ्यान सार्वजनिक गरेको छ ।

कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै १४ र १५ सिट क्षमता भएको माउन्टेन ईभी भ्यान सार्वजनिक गरेको हो ।

उत्कृष्ट प्रफमेन्स र आकर्षक डिजाइन भएको माउन्टेन ईभी प्यासेन्जर भ्यान नेपाली सडकको लागि निकै उपयुक्त रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार १०० वटा उक्त भ्यान लन्च अगावै एकैपटक डेलिभरी गरिसकिएको छ ।

एमएडब्लू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको जटिल भौगोलिक आवश्यकताहरूलाई ध्यानमा राखेर तयार गरिएको यो भ्यान आम नेपाली ग्राहकको रोजाइमा पर्ने अपेक्षा लिएको बताए । ५३.५८ किलोवाट आवर ब्याट्री भएको यस भ्यानले एक पटको फुल चार्जमा ३०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिन्छ ।

‘चीनको नम्बर वान ब्रान्ड फोटोन नेपालमा पनि धेरै ग्राहकहरूले मन पराउनुभएको छ, भर्खरै बजारमा आएको माउन्टेन ईभी पनि निकै उत्कृष्ट हुनुका साथै आरामदायी यात्राको अनुभव छुट्टै प्रदान गर्नेछ,’ उनले भने ।

माउन्टेन ईभीमा १३० किलोवाट आवर अधिकतम पावर छ भने ३३० अधिकतम टर्क रहेको छ । जसमा २५ प्रतिशत ग्रेडेबिलिटी रहेको छ । जुन नेपाली बजारमा यस्ता विशेषता भएको पहिलो विद्युतीय सवारी साधन रहेको कम्पनीको भनाइ छ ।

फोटोन माउन्टेन ईभी भ्यान लन्च भएसँगै यसले विद्युतीय यातायात व्यवसायमा नयाँ आयाम थपेको एमएडब्लू वृद्धि समूहका निर्देशक विवेक सिकरियाले बताए ।

‘नेपाली बजारमा फोटोन माउन्टेन ईभी भ्यान लन्च गर्न पाउँदा खुशी छौँ । यो एक नवीनतम विद्युतीय सवारी साधन हो, जसले नेपालको सवारी साधन क्षेत्रलाई नयाँ दिशामा लैजाने छ,’ उनले भने ।

कम्पनीले १४ सिट माउन्टेन ईभी भ्यानको मूल्य ५८ लाख ९९ हजार र १५ सिट क्षमता भएको भ्यानलाई ५७ लाख ४९ हजार रुपैयाँ तोकेको छ । यस्तै, एमएडब्लू वृद्धि समूहका सीईओ तुषार गुप्ताले फोटोन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्रान्डको रूपमा स्थापित रहेको बताए । उनका अनुसार माउन्टेन ईभी १४ देखि १६ सिटसम्म विश्व बजारमा विभिन्न मोडलहरूमा उपलब्ध रहेका छन् ।

अत्यधिक स्पेस र आरामदायी हाई रुफको सुविधा भएको माउन्टेन ईभीमा अटो होल्ड कन्ट्रोल, स्मार्ट पार्किङ, हिल होल्ड कन्ट्रोल (एचएचसी), दुईवटा ड्राइभिङ मोड जस्ता फिचरहरू पनि रहेका छन् ।

Logo