काठमाडौँ । लुम्बिनी प्रदेशको बुटवलमा एमएडब्लु वृद्धिले आफ्नो प्रिमियम र स्मार्ट ईभी नामीलाई सार्वजनिक गरेको छ । नेपालका लागि डोङफेङ ईभीको आधिकारिक विक्रेता रहेको एमएडब्लु वृद्धिले सोमबार एक कार्यक्रमको आयोजना गरी नामीलाई सार्वजनिक गरेको हो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की र एमएडब्लु वृद्धिका बिजनेस हेड प्रशन्न पन्त तथा डोङफेङ बुटवल इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गीले संयुक्त रुपमा नामी ईभी सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा डोङफेङका लागि बुटवल डिलर इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गीले लुम्बिनीमा स्मार्ट र इन्टेलिजेन्ट ईभी नामीलाई प्रतिनिधित्व गर्न पाउँदा निकै खुसी लागेको बताए । ‘ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकता हुनेछ,’ उनले भने ।
यसलाई सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट बताइएको छ । नामी ईभीले लुम्बिनी प्रदेशको बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको भनाइ छ । ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो आकारमा ठूलो छ । प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फर्स्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन् ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र काकीले विश्वसनीय ब्रान्ड भित्र्याएकोमा बधाई र शुभकामना व्यक्त गरे । त्यसैगरी, एमएडब्लु वृद्धिका बिजनेस हेड प्रशन्न पन्तले गाडी किन्ने निर्णय गर्नुअघि त्यो ब्रान्डको लेगेसीबारे जान्नुपर्ने र नेपालमा त्यसलाई कसले भित्र्याइरहेको छ भन्नेमा ध्यान दिनुपर्ने बताए ।
नामीमा सेग्मेन्ट फर्स्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किङ टेबल टपसहितको पेसेन्जर ड्रअर पनि रहेको छ । यो फ्युचरिस्टिक ह्याचब्याक ईभीप्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरिएन्टमा उपलब्ध हुनेछ जसको मूल्य २९ लाख ९९ हजार देखि ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर, १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोडिमिङ फिचरसहितको स्टार लाइट क्रिस्टल एलईडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरु रहेका छन् ।
यो ईभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बियन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल र लक्जरियस अर्बान इन्टेरियर स्पेसले पूर्ण बनाएको छ ।
बुटवलको क्लब डेनोभोमा आयोजना हुने लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले दिपल प्रिबजेट प्राइसमा, सेरेस ४५ लाख ४९ हजार रुपैयाँमा र नामीमा ७ किलोवाटको निःशुल्क चार्जर पाउने छन् ।
ग्राहकले ३ वटा रिकन्डिसन हाउसबाट बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पनि पाउने छन् ।































प्रतिक्रिया