समता घरेलु लघुवित्तको यही साता हुँदैछ एफपीओ बाँडफाँट, कतिको हुँदै हात रित्तो ?

समता घरेलु लघुवित्तको यही साता हुँदैछ एफपीओ बाँडफाँट, कतिको हुँदै हात रित्तो ?

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले यसै साताभित्र एफपीओ बाँडफाँट गर्ने तयारी गरिरहेको जानकारी दिएको हो ।

मुक्तिनाथ क्यापिटलका अनुसारका एफपीओ कात्तिक २९ गतेभित्रै बाँडफाँट गर्ने योजना रहेको छ । कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँका दरले ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निष्कासन गरेको थियो ।

जसमा ३५ हजार ९० जनाले मात्रै १०.१० कित्ताका दरले एफपीओ हात पार्नेछन् । सोही मध्येका ४ जनाले थप १ कित्ता शेयर पाउनेछन् ।

सिडिएसका अनुसार एफपीओमा अन्तिम दिनसम्म १४ लाख ३४ हजार ३८९ जनाले २ करोड १३ लाख २९ हजार ८९० कित्ताका लागि आवेदन दिएका थिए । जसमार्फत २ अर्ब १३ करोड २९ लाख ८९ हजार रुपैयाँ संकलन भएको हो । जुन मागभन्दा ६०.७८ गुणा बढी आवेदन हो ।

कम्पनीको एफपीओमा १४ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको एफपीओमा पाउनका लागि आवेदन दिएका १३ लाख ९९ हजार २९९ जनाको हात रित्तो हुने भएको हो ।

साविकको मनकामना स्मार्ट लघुवित्तलाई गाभेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग सेयरका लागि सर्वसाधारणका लागि एफपीओ जारी गरिएको कम्पनीले बताएको छ ।

हाल लघुवित्तको चुक्ता पुँजी ५६ करोड ४० लाख रुपैयाँ रहेको छ भने एफपीओ पश्चात् लघुवित्तको चुक्ता पुँजी ५९ करोड ९० लाख रुपैयाँ पुग्नेछ ।

Logo