सुनको मूल्य घट्यो, चाँदीको स्थिर

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

साताको पहिलो दिन नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन २ सयले घटेर प्रतितोला ९२ हजार ७०० मा कारोबार भइरहेको छ ।

गत हप्ताको पहिलो दिन आइतबार सुन ६ सयले घटेको थियो । सोमबार ७ सयले घटेको सुन मंगलबार ५ सयले बढेको थियो । बुधबार पनि ५ सयले बढेको थियो । विहिबार १ हजार ६ सयले बढेको सुन शुक्रबार ३ सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ७ सय र तेजाबी सुनको मूल्य ९२ हजार २५० कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo