नयाँ एडिसनसहित‘करिज्मा एक्सएमआर’आउँदै, यस्ता छन् फिचर

नयाँ एडिसनसहित‘करिज्मा एक्सएमआर’आउँदै, यस्ता छन् फिचर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । हिरो मोटोकर्पले २०२४ एक्मा शोमा ‘करिज्मा एक्सएमआर’को नयाँ एडिसन प्रदर्शन गरेको छ । नयाँ करिज्मालाई हिरोले औपचारिक अनावरण बिनै प्रदर्शनीमा राखेको हो ।

सो नयाँ मोटरसाइकलमा हिरोले नयाँ सस्पेन्सन सेटअप दिएको छ । करिज्मा एक्सएमआरको २०२५ मोडलमा अब गोल्डन कलरको अपसाईड गाउन फ्रन्ट फर्क रहनेछ । यसैगरी यसमा फुल कलर टिएफटी क्लस्टर समेत उपलब्ध हुनेछ । एक्सपल्स २१० मा देखिएको नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टरलाई हिरोले करिज्मा एक्सएमआरमा पनि दिने भएको हो ।

नयाँ करिज्मा एक्सएमआरको इन्जिनको स्पेसिफिकेसन भने हालसम्म खुलाइएको छैन । सम्भवतः यसमा उही पुरानै २१० सिसीको लिक्विड कुल्ड इन्जिन जडान हुनेछ । जसको पावर २५.५ बिएचपी र टर्क २०.४ एनएम छ । बाइकमा ६ स्पिड गियरवक्स जडान गरिएको छ।

अपडेट गरिएको नयाँ करिज्मा एक्सएमआरलाई कहिले लन्च गर्ने भन्ने विषयमा भने कम्पनीले कुनै आधिकारिक जानकारी बाहिर ल्याएको छैन । नयाँ मोडल हाल बिक्री हुँदै आएको भारु १ लाख ८० हजारको तुलनामा केही महंगो हुने अनुमान गरिएको छ । भारतमा लन्च भएपछि सो बाइक नेपाली बजारमा समेत भित्रिने निश्चित प्रायः देखिन्छ ।

Skip This
Skip This
Logo