काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७०, आलु सेतोको दुई रुपैयाँले घटेर ५८, लोकल बन्दाको मूल्य १५ रुपैयाँले घटेर ५५, काउली स्थानीयको १० रुपैयाँले घटेर ९० रुपैयाँ कायम भएको छ ।
यसैगरी भन्टा डल्लोको मूल्य पनि १० रुपैयाँले घटेर ५० रुपैयाँ र भन्टा लाम्चोको पनि १० रुपैयाँले घटेर ३० रुपैयाँ कायम भएको छ । रायो सागको मूल्य ५० रुपैयाँमा स्थिर छ । तोरिको साग ५० ,पालुंगो साग ५० र चमसुरको साग १०० रुपैयाँ रहेको छ ।
त्यस्तै, लोकल गाजर १४० रुपैयाँ, तने बोडी २० रुपैयाँले बढेर १४० रुपैयाँ, मकै बोडी हिजोभन्दा २० रुपैयाँले घटेर ५० रुपैयाँ, मटरकोशा १० रुपैयाँले बढेर १५० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ, लौका ५०, घिरौला ६० रुपैयाँ र लोकल परवर ६० रुपैयाँ रहेको छ । त्यस्तै, अनारको ४५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९० केरा १५०, स्याउ फूजी २८० रहेको छ ।





























प्रतिक्रिया