आशा लघुवित्तको आईपिओ बाँडफाँड आज, साढे २ लाखले नपाउने

आशा लघुवित्तको आईपिओ बाँडफाँड आज, साढे २ लाखले नपाउने

केन्द्रबिन्दु
0
Shares

आशा लघुवित्तको आईपिओ आज (शुक्रबार) बाँडफांड हुदैछ ।  आईपिओ शुक्रबार दिउँसो ३ बजे बाँडफांड गरिन लागेको बिक्रि प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ  ।

आइपिओमा १८.८० गुणा बढी आवेदन परेको छ  । आवेदन दिने अन्तिम दिन मंगलबार बेलुका ६ बजेसम्म आईपिओमा ३ लाख १३  हजार  ८ सय ६० आवेदकबाट १ करोड १८ लाख ४६ हजार ४ सय ७० कित्ताको लागि आवेदन परेको हो  ।  यस मध्ये करिब ७ सय आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले ६ लाख ७४ कित्ता आईपिओ निष्काशनको गरेको हो  ।  कुल ६ लाख ७४ हजार कित्ता मध्ये ०.५ प्रतिशत अर्थात् १० हजार ३ सय ७० कित्ता कमर्चारीलाई र ५ प्रतिशत अर्थात् ३३ हजार ७ सय कित्ता सामुहिक लगनी कोषलाई छुट्याइएको छ  ।  बाँकि रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन  । लघुवित्तको शेयरमा अत्यधिक आवेदन परेकोले गोलाप्रथाबाट ६२ हजार ९ सय ९३ आवेदकलाई १० कित्ता शेयर मात्र बाँडफांड हुने छ ।  यस हिसाबमा साढे २ लाख बढी आवेदक हात खाली हुने छन् ।

हाल कम्पनीको चुक्ता पुंजी १४ करोड रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको पुंजी २० करोड ७४ लाख पुग्ने छ ।

Logo