नेपाल प्रविधिको प्रयोगशाला बन्दै छ कि भनेर बुझ्न जरुरी छः इन्जिनीयर बराल

नेपाल प्रविधिको प्रयोगशाला बन्दै छ कि भनेर बुझ्न जरुरी छः इन्जिनीयर बराल

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ । इन्जिनीयर उपेन्द्र बरालले नेपाल प्रविधिको प्रयोगशाला बन्दै छ कि भनेर बुझ्न जरुरी रहेको बताएका छन् ।

नेपाल विद्युतीय व्यवसायी महासंघले ‘फीन इलेक्ट्रो टेक–२०२४’ को अवसरमा पारेर आयोजना गरेको नवीनतम प्रविधि विद्युतीय सुरक्षा र गुणस्तर विषयमा प्यानल छलफलमा बरालले यस्तो बताएका हुन् ।

‘नेपालमा पछिल्लो समय धेरै प्रविधि आएका छन्, त्यो सबै प्रविधि नेपालको लागि उपयुक्त नहुन सक्छ, त्यसैले नेपाल कतै प्रविधिको प्रयोगशाला बनिरहेको छ–छैन भनेर बुझ्न जरुरी छ,’ उनले भने । नेपालमा आएका प्रविधि गुणस्तरीय भएर मात्र नहुने र त्यसको गुणस्तर प्रयोगमा पनि जोड दिनुपर्ने उनको भनाइ छ ।

‘अमेरिका, चीन र जापान लगायतका मुलुक प्रविधिको उत्पादन र प्रयोगमा नम्बर वान छन्, त्यहाँ तयार भएको प्रविधि पहिला त्यहाँका नागरिकलाई परीक्षण गर्न नदिइकन तेस्रो मुलुकमा परीक्षणका लागि पठाइन्छ र त्यहाँ सफल भएपछि मात्र उक्त देशमा प्रयोग गर्न दिइन्छ । त्यसैले आएका सबै प्रविधिलाई स्विकार्ने विषयमा ध्यान दिनुपर्छ,’ उनले भने ।

भवनमा विद्युत्करण गर्दा सामानको गुणस्तर भएर मात्र नहुने बताउँदै बरालले त्यसको गुणस्तरीय प्रयोगलाई पनि प्राथमिकता दिनुपर्ने उल्लेख गरे । विद्युतीय सामग्रीको आम उपभोक्तामा ज्ञान पुर्‍याउनमा सरकार र निजी क्षेत्रका व्यवसायीहरूको ध्यान नपुगेको विषय पनि बरालले औँल्याए ।

‘विद्युतीय सामग्री बेच्यौँ, प्राविधिक साथीहरूले उपभोक्ताको घरमा लगेर त्यो सामान जोड्नुभयो । तर उहाँबाट कस्तो प्रतिक्रिया आयो, समस्या कहाँ आए भनेर रेकर्ड राखेन चलन छैन,’ उनले भने ।

ठूलो हिस्सा बोकेको यो क्षेत्रले भावी दिनमा अर्थतन्त्रमा पनि ठूलो योगदान पुर्‍याउने उनको विश्वास छ । प्राविधिक ज्ञानको कमि भएको विषयलाई मध्यनजर गर्दै बरालले जनशक्ति उत्पादनका लागि तालिमहरूको आयोजना गर्ने विषय पनि अगाडि बढाउनुपर्ने जानकारी दिए । नेपालमै तयार भएको सामग्री प्रयोग नहुँदा व्यवसायीहरूले पनि यसको विषयमा लबिङ गर्न नसकेको बरालले बताए ।

Skip This
Skip This
Logo