फलफूल तथा तरकारीको मूल्यः आलु सेतोको ५७ र काउली स्थानीयको १०० रुपैयाँ

फलफूल तथा तरकारीको मूल्यः आलु सेतोको ५७ र काउली स्थानीयको १०० रुपैयाँ

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७०, आलु सेतोको ५७, लोकल बन्दाको मुल्य ६०, काउली स्थानीयको १०० रुपैयाँ कायम भएको छ ।

यसैगरी भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ३० रुपैयाँ कायम भएको छ । रायो सागको मूल्य ४० रुपैयाँ छ । तोरीको साग ५० ,पालुँगो साग ६० र चमसुरको साग १००, स्कूसको मूल्य १५ रुपैयाँ रहेको छ ।

त्यस्तै, लोकल गाजर १५० रुपैयाँ, तने बोडी ११० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ, मटरकोशा १०० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ,लौका ५०, घिरौला ६० रुपैयाँ र लोकल परवर ९० रुपैयाँ रहेको छ । त्यस्तै, अनारको ४५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९०, केरा १५०, स्याउ फूजी २८० रहेको छ ।

Logo