काठमाडौँ । काठमाडौँको नक्सालस्थित बीवाईडी शोरुमबाट प्रारम्भ भएर २०२४ भर्सनको बीवाईडी एट्टो ३ लाई शिवपुरी भिलेज रिसोर्टसम्म पुगाएर शुक्रबार टेस्ट ड्राइभ सम्पन्न भएको छ ।
बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकको आयोजनामा ‘ड्राइभ टु डिस्कभर’ मिडिया टेस्ट ड्राइभ इभेन्ट सम्पन्न भएको हो ।
१०० किलोवाटको मोटर र ३१० एनएम टर्क भएको २०२४ भर्सनको बीवाईडी एट्टो ३ मा ब्लेड ब्याट्री प्रयोग गरिएको छ । यसमा १७५ एमएम ग्राउन्ड क्लियरेन्स छ । शिवपुरी पुग्ने जंगलको अफरोड र उकालो ओरालो सडकमा समेत सहज रुपमा यात्रा सम्पन्न भएको छ । यसबाट २०२४ भर्सनको बीवाईडी एट्टो ३ ले आगामी दिनमा अझै राम्रो बजार लिन सक्ने अनुमान गरिएको छ ।
भ्वाइस कमान्डबाटै सनरुफ र झ्याल खोल्ने लगायतका विभिन्न कमान्ड दिन सकिने र बीवाईडीले हालै उपलब्ध गराएको बीवाईडी एपको वारेमा समेत जानकारी प्रदान गरियो । बीवाईडी एट्टो ३ पहिले देखि नै नेपाली बजारमा उपलब्ध भए पनि हालै मात्र यसको नयाँ भर्सन आएको हो । यसमा धेरै नयाँ फिचर अपग्रेड गरिएको छ ।
बीवाईडी एट्टो ३ को इन्फोटेनमेन्ट सिस्टमलाई समेत थप अपग्रेड गरिएको छ । पहिले १२.८ इन्च रहेकोमा अब यो १५.६ इन्च छ र यसले ड्राइभर तथा प्यासेन्जरको डिजिटल अनुभवलाई अझै रमाइलो बनाउँछ । सुपेरियर ग्रिप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीको दुवै भेरिएन्ट हाई–पर्फमेन्स कन्टिनेन्टल टायरले सुसज्जित गरिएको छ ।
बीवाईडी एट्टो ३ को २०२४ भर्सनमा थप गरिएको सबैभन्दा महत्वपूर्ण नयाँ फिचर बीवाईडी एप हो । सो अत्याधुनिक एप्लिकेसनले गाडी धनीको ड्राइभिङ अनुभवलाई सहज तरिकाले नियन्त्रण प्रदान गर्न भूमिका खेल्छ । बीवाईडी एपमार्फत गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भएको वा नभएको वारेमा थाहा पाउन सकिन्छ । त्यसैगरी टाढैबाट गाडीको अवस्थिति पत्ता लगाउन, एसी सञ्चालन गर्न र गाडीको हर्न तथा लाइट नियन्त्रण गर्न सकिन्छ ।
बीवाईडीको ई–प्लेटफर्म ३.० मा बनेको र सुरक्षित ब्लेड ब्याट्रीद्वारा संचालित बीवाईडी एट्टो ३ मा इको–फ्रेन्ड्ली डिजाइन सहितको पावरफुल पर्फमेन्सको सम्मिश्रण छ ।
बीवाईडी एट्टो ३ २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ । एड्भान्स्डमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।
एनईडीसी अनुसार सिंगल चार्जमा बीवाईडी एट्टो ३ एड्भान्स्डले ३४५ किलोमिटर र सुपेरियरले ४२० किलोमिटर रेन्ज दिन्छ । यसमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर गुड्दा सम्मको वारेन्टी उपलब्ध छ ।





























प्रतिक्रिया