भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री १० लाख युनिट, अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशत बढी

भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री १० लाख युनिट, अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशत बढी

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । भारतमा इलेक्ट्रिक टु–ह्लिरको बिक्री एक वर्षमा पहिलोपटक १० लाख युनिट नाघेको छ । जनवरी १ देखि नोभेम्बर ११, २०२४ सम्म १० लाख ९८७ युनिट ईभी बिक्री टु–ह्विलर बिक्री भएको वाहानको वेबसाइटमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३६ प्रतिशत र सन् २०२१ को तुलनामा ५४० प्रतिशतले बढी हो । भारतमा ओलाले ३ लाख ७६ हजार ५५० यूनिटसहित ३७ प्रतिशत बजार ओगटेको छ भने टिभिएसको १ लाख ८७ हजार ३०१ यूनिटसहित बजार हिस्सा १९ प्रतिशत छ ।

बजाजले यस वर्षको हालसम्म १ लाख ५७ हजार ५२८ यूनिट स्कुटर बिक्री गरेको छ । बजाज अटोको बजार हिस्सा लगभग १६ प्रतिशत छ । एथर इनर्जीको १ लाख ७ हजार ३५० यूनिट स्कुटर बिक्रीसँगै बजार हिस्सा १०.७२ प्रतिशत छ ।

Skip This
Skip This
Logo