जाडो मौसममा इलेक्ट्रिक कार चलाउँदा ध्यान दिनैपर्ने यी ६ कुरा

जाडो मौसममा इलेक्ट्रिक कार चलाउँदा ध्यान दिनैपर्ने यी ६ कुरा

केन्द्रबिन्दु
180
Shares

काठमाडौं । जाडोयाम सुरु भइसक्यो । याे माैसममा सवारी चलाउनु एक किसिम्मले चुनौतीको कुरा पनि हो । चिसो मौसमका कारण हातखुट्टा कठ्याङ्ग्रिने हुनाले यात्राका क्रममा चालकले निकै सास्ती व्यहोर्नुपरेको हुन्छ । अत्यधिक चिसोका कारण सवारीसाधन नियन्त्रण गर्न नसक्दा दुर्घटना हुने जोखिम बढ्छ । अझ यो मौसममा पेट्रोल वा डिजेलका सवारीसाधनभन्दा इलेक्ट्रिक सवारी साधनलाई बढी ख्याल राख्नुपर्ने हुन्छ । सवारी साधन चलाउँदा यी कुराहरूमा ध्यान दियौँ भने दुर्घटबाट बच्न सकिन्छ ।

-जाडो मौसममा इलेक्ट्रिक कारलाई सकेसम्म ग्यारेज भित्र पार्क गर्नुपर्छ । चिसो मौसममा कारको ब्याट्री छिट्टै डाउन हुन्छ, जसका कारण कार स्टार्ट गर्न निकै कठिनाइको सामना गर्नुपर्ने हुन्छ । कार ग्यारेजमा पार्क गर्दा यसको तापले ब्याट्रीलाई लामो समयसम्म राम्रोसँग राख्न मद्दत गर्छ।

-धेरै इलेक्ट्रिक कारमा मोबाइल नियन्त्रित एप उपलब्ध हुन्छ, जसले कारलाई प्रि-हिट गर्न मद्दत गर्छ। प्रि-कन्डिसनले कारमा सुरुका केही मिनेटमा हुने समस्याबाट बच्न मद्दत गर्छ। साथै आफ्नो यात्रा सुरु गर्नुअघि आफ्नो गाडीको हिटर अन गरेमा, यसले इन्टेरियर भागलाई पनि तातो बनाउँछ ।

-जाडो मौसममा लिथियम प्लेटिङ ब्याट्री बढी क्षतिग्रस्त हुन्छ । फास्ट चार्जिङले यो छिटो तातो हुन्छ, जसका कारण लिथियम ब्याट्री भएका कारमा फास्ट चार्जिङ निषेध गरिएको हुन्छ । यस्तो ब्याट्री भएको गाडीलाई सामान्य चार्जरबाट चार्ज गर्नुपर्छ ।

-धेरै चिसो हुँदा टायरको एयर प्रेसरमा कमी आउन थाल्छ । त्यसैले गाडीको टायर प्रेसर नियमित जाँच गर्नुपर्छ । टायरको एयर प्रेसर सही छ भने, इलेक्ट्रिक कारले पनि सही रेन्ज प्रदान गर्छ ।

-इलेक्ट्रिक कारमा फ्युलबाट चल्ने इन्जिन प्रयोग गर्दैन । त्यसैले कारको क्याबिनलाई न्यानो बनाइराख्न हिटर चलाउँदा कारको ब्याट्री छिटो सकिन्छ । सो समस्याबाट बच्न हिटेड सिट फिचरको प्रयोग गर्नुपर्छ ।

– कुहिरोमा गाडी चलाउँदा, सवारीको गति ४० किलोमिटर प्रतिघण्टा बढी हुनु हुँदैन । किनभने, तीव्र गतिमा सवारी साधन रोक्न गाह्रो हुने भएकाले दुर्घटना हुने सम्भावना अत्याधिक हुने गर्छ ।

Logo